सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

हाम्रो देशमा जब जब आन्दोलन हुनेगर्छ,
सरकारी सम्पती आगोमा दनदन हुनेगर्छ।
मारिन्छन् अकालमै कलिला बालबालिका,
अबिभावकको पनि जिउँदै निधन हुनेगर्छ।
शान्ति र सुव्यवस्थाकै नाममा हिँसक हुँदा,
प्रसाशनको तर्फबाट समेत दमन हुनेगर्छ।
उजुरी कसलाई गरौँ हामी जनताहरू सधैँ,
विदेशी इसारामा संपती उत्खनन् हुनेगर्छ।
अहिले जो नोक्सान् गरे जेन्जीको नाम मा,
उनैको कुरामा छलफल जन जन हुनेगर्छ।
नाम जेन्जीको धेरै जमघट अपराधीहरूकै,
जहिल्यै पनि नेर्देशन कर्ता त डन हुनेगर्छ।

CP Hospital Dhangadhi

॥१॥

सकियो वर्षदिनको तिहार पनि अब,
बाँकी रहला यही यादगार पनि अब।
ठाउँ ठाउँमा घुमेको नाचेको गाएको,
वर्गिय मित्रताकै यो संसार पनि अब।
सबैका फरक फरक तिनै अनुहारले,
बताएको अनुभवी बिचार पनि अब।
जनता खोज्छन् डर भित्रपनि खुसी,
जिउँनलाई नयाँ आधार पनि अब।
भ्रष्टाचारबाट मुक्त सुसाशनकै लागि,
सर्ब हितमा नयाँ सरकार पनि अब।
दिनौँ आवस समाचार सबैको हितेसी,
नीजि नबनोस् कुनै अखबार पनि अब।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

॥२॥

अब पनि उस्तै लगातार भए के गर्ने,
भन देशमा झनै भ्रष्टाचार भए के गर्ने।
सबैको हल आतङ होइन नयां पुस्ता
समाजमा सधैं कुसंस्कार भए के गर्ने।
बंदुक , बारूधमा चलेको गृहयुद्धमा,
फेरी पनि उस्तै नरसंहार भए के गर्ने।
जता मरेपनि मर्ने नेपालीको छोरा हो,
आफ्नै घांटी रेट्ने औजार भए के गर्ने।
पुंजिवादले लोभ नसानसामा भरेकै छ,
व्यवस्था लुटमारकै आधार भए के गर्ने।
एउटै आमाका कोखबाट जन्मेका छोरा,
बिच संपत्तीमै यहां लुटमार भए के गर्ने।

॥३॥

समय समयमा यस्तै प्रकारका व्यवहार देखिन्छन्,
देशभक्ती आवरणभित्र विदेशी बफादार देखिन्छन्।
खै देशको मायाँ कत्ति छैन की देशका छोराहरूमा,
नेताहरूको त कुरै छाडौँ नीतिनै व्यापार देखिन्छन्।
देशमा सधैँ भ्रष्टाचार र सुसाशनका चर्का कुरा हुँदा,
जनता सडकमा सधैँ सदनमा साहुकार देखिन्छन्।
भ्रष्टाचारको बिरोध समेत तमासा हुनथाल्यो देशमा,
सुसाशनका कुरा गर्नेहरू आफै भ्रष्टाचार देखिन्छन्।
स्वतन्त्रताका कुरा गर्नेहरू आफै छमछम कट्पुतली,
नाचो नाचेको साम्राज्यवादी ताल अनुसार देखिन्छन्।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

Dhnagadhi & Krishanapur