नेपो बेबी

Image
Nisarga Hospital
CP Hospital Dhangadhi

कहाँ डुल्छन् कहाँ भुल्छन् नेपो बेबी छ नामको
न केही काम भो हेर न आर्जन छ दामको ।

ब्रान्डेड कपडा किन्छन् महँगा महँगा तर
जान्छन् सपिङका निम्ति थाई युके सिँगापुर ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

डेढ करोडको गाडी लाखौं पर्ने सिँगार छ
डिस्कोको नाच औ खाना बील दशौँ हजार छ ।

फेर्दछन् मोडलै पिच्छे आइ-फोन बजारको
सहपाठी उनैकाको खल्ती छैन हजारको ।

सम्पत्ति बाबुको भन्दै उडाउँछन् रवाफमा
राज्यको ढुकुटी मास्ने बाबु छन् सरकारमा ।

चपेटामा गरिबीको देशमा भ्रामरी छ जो
बिदेशी रक्सीको चुस्की नेपो बेबी मजा छ पो ।

नखोजे स्रोत सम्पत्ति निकम्मा सरकार हो
नसाँची देशको पैसा हित यो हुन्न राज्यको ।

✍️ प्रा. डा. मन प्रसाद वाग्ले

Dhnagadhi & Krishanapur