
जीतको यो पर्थम् पाइलो हार पनि हुनसक्छ,
खेलाडीलाई जीवनको आधार पनि हुनस्क्छ।
माझिलाई पनि समुन्दरसँग निरन्तर लडाउँदा,
उस्कै अन्तिम लक्ष त्यो किनार पनि हुनसक्छ।
महासय बुझ्नैपर्छ मत स्कुल नदेखेको माष्टरहुँ,
मेरालागि काम ज्ञानकै भण्डार पनि हुनसक्छ।
देशभक्त थिए जो देशको लागि सहिद हुनपुगे,
उन्कै दृष्टिमा सम्झौता कारागार पनि हुनसक्छ।
आमूल परिवर्तन चाहानेहरू कति छन् कति,
उन्का जरा काट्नखोज्ने गद्धार पनि हुनसक्छ।
श्रमजीविसँग हार्नलाई यही एउटा जीवन त हो,
जीत्नका लागि हामिसँग संसार पनि हुनसक्छ।

॥१॥
जीतको यो पर्थम् पाइलो हार पनि हुनसक्छ,
खेलाडीलाई जितने यो आधार पनि हुनस्क्छ।
माझिलाई पनि समुन्दरसँग निरन्तर लडाउँदा,
उस्कै अन्तिम लक्ष त्यो किनार पनि हुनसक्छ।
महासय बुझ्नैपर्छ मत स्कुल नदेखेको माष्टरहुँ,
मेरालाई कामनै ज्ञानको भण्डार पनि हुनसक्छ।
देशभक्त थिए जो देशको लागि सहिद हुनपुगे,
उन्को दृष्टिमा सम्झौता कारागार पनि हुनसक्छ।
आमूल परिवर्तन चाहानेहरू कती छन् कती,
उनैभित्र उन्कै जरा काट्ने गद्धार पनि हुनसक्छ।
श्रमजीविसँग हार्नलाई यही एउटा जीवन त हो,
जीत्नका लागि हामिसँग संसार पनि हुनसक्छ।




॥२॥
अपराध पनि त उस्तै लगातार हुन्छ देशमा,
जस्तै प्रत्येक ठाउँमा भ्रष्टाचार हुन्छ देशमा।
सु साशनकै लागि धेरैले छोरा छोरी गुमायो,
उनैको लाश माथि नै कारोबार हुन्छ देशमा।
अखण्ड देशको लागि जीवनभरी लड्नेहरू,
गुमनाम तर फुटपरस्तकै उभार हुन्छ देशमा।
फेशबुकमा बा आमाको फोटा पुज्नेहर भन,
माता पिताको कत्तिको सुसार हुन्छ देशमा।
प्रगतिवादी लेख रचनाका कृती प्रसस्तै छन्,
भनौं त के के प्रगतिका आधार हुन्छ देशमा।
जनताले भोट दिए र ठुला ठुला पार्टी बनाए,
भ्रष्टाचार र अराजककै उपहार हुन्छ देशमा।
॥३॥
जीवन पनि रहश्य नै हुन्छ होला कता जान्छ,
जस्तै अबिरल बग्ने पानी खोला कता जान्छ।
पसिना बगाएर जीवन धान्नेहरू भन्छन् सधैँ,
दिनरात बोक्यौं आफैले झोला कता जान्छ।
मरेर स्वर्गमा जान खोज्नेहरूलाई हुँदैन थाहा,
खरानी परेपछि यो आफ्नै चोला कता जान्छ।
यत्ती त बुझ्नुपर्छ मानिस् चेतनसिल हुनेहुँदा,
घरभित्र आएको त्यही खटोला कता जान्छ।
बनाउछन् साम्राज्यवादीहरू बारूद बोम सधैँ,
सकिएन भ्रष्टाचार बोमका गोला कता जान्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

































