नेपाली कांग्रेसमा महाधिवेशन मितिमा मतभेद, दुई प्रस्ताव पेस

Image
Nisarga Hospital

नेपाली कांग्रेसको संस्थापन पक्ष र इतर पक्षबीच आगामी महाधिवेशनको मितिलाई लिएर मतभेद देखा परेको छ। ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा दुवै पक्षले छुट्टाछुट्टै मिति प्रस्ताव गरेका हुन्।

CP Hospital Dhangadhi

संस्थापन पक्षका सहमहामन्त्री महेन्द्र यादवले पार्टीको नियमित महाधिवेशन आगामी वैशाख २७ देखि ३० गतेसम्म गर्ने प्रस्ताव पेश गरेका छन्। यसअघि महामन्त्री गगन थापाले भने पुस १६ देखि १९ गतेभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रस्ताव राखेका थिए।

कांग्रेसमा अहिले १५औं महाधिवेशन नियमित गर्ने सहमति भए पनि त्यसको मिति निर्धारणमा दुवै समूहबीच विवाद बढेको छ। सोमबार नयाँबानेश्वरमा बसेको संस्थापन पक्षीय बैठकले वैशाख २५ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो।

nawajiwan
Attariya Hospital

इतर पक्षका नेताहरूले प्रतिनिधिसभा निर्वाचनअघि नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन्। उनीहरूले विशेष महाधिवेशनका लागि आवश्यक ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्।

दुवै पक्षका प्रस्तावमा छलफल जारी रहेको कांग्रेस स्रोतले जनाएको छ।