
जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राईनोजबिच रोमाञ्चक प्रतिस्पर्धा हुन लागेको छ। प्रतियोगिताको पाँचौँ खेलका रूपमा यी दुई टोली आज दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आमनेसामने हुनेछन्।

लुम्बिनी लायन्सका लागि यो सिजनको पहिलो खेल भएकाले टिम नयाँ ऊर्जासहित सफल सुरुवात खोज्दै मैदान उत्रिदैछ। टिमका खेलाडीहरू लिगमा प्रभावशाली प्रदर्शन गर्दै बलियो छाप छोड्ने लक्ष्यमा छन्।

उता, चितवन राईनोज भने लगातार दोस्रो जितको खोजीमा हुनेछ। यसअघि कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको चितवन आजको खेलमा पनि जीतको लय कायम राख्न चाहन्छ।

दुवै टोलीको लक्ष्य फरक भए पनि उद्देश्य एउटै- सुखद नतिजा। कीर्तिपुरमा आजको खेल लिगको नयाँ मोड निर्धारण गर्ने महत्वपूर्ण भिडन्तको रूपमा हेरिएको छ।































