आजको मौसमः पश्चिमी वायुको प्रभाव कायमै, तराईमा हुस्सुसँगै तापक्रम घट्ने

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने तराईका धेरै स्थानमा हुस्सु लागेको अवस्था छ। महाशाखाले जनाएअनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ र राति पनि यही अवस्था निरन्तर रहने सम्भावना छ।

CP Hospital Dhangadhi

पश्चिमी वायुको प्रभावका कारण तराई क्षेत्रमा तापक्रम हल्का घट्ने अनुमान गरिएको छ। साथै, बिहान र साँझको समयमा हुस्सु बाक्लो हुने सम्भावना रहेकाले दैनिक जनजीवन प्रभावित हुन सक्ने महाशाखाको चेतावनी छ। विशेषगरी बिहानको समयमा सडक यातायात, हवाई उडान तथा सर्वसाधारणको स्वास्थ्यमा आंशिक असर पर्न सक्ने देखिएको छ।

Attariya Hospital

महाशाखाले आवश्यक सतर्कता अपनाउन, यात्रामा निस्कँदा सावधानी अपनाउन तथा हुस्सुका कारण दृश्यता कम हुन सक्ने भएकाले सवारी साधन चलाउँदा विशेष ध्यान दिन आग्रह गरेको छ। मौसमसम्बन्धी पछिल्ला सूचनामा नियमित अपडेट रहन पनि सबैलाई अनुरोध गरिएको छ।

nawajiwan