जेनजी प्रतिनिधि मिराज ढुंगाना नेतृत्वको समूहद्वारा सर्वपक्षीय सरकार गठनको माग, आन्दोलन घोषणा

Image
Nisarga Hospital

जेनजी प्रतिनिधि मिराज ढुंगाना नेतृत्वको समूहले वर्तमान सरकारको कामप्रति असन्तोष व्यक्त गर्दै सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलन घोषणा गरेको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ढुंगाना समूहले सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको आरोप लगाउँदै विरोध कार्यक्रम सार्वजनिक गरेको हो।

CP Hospital Dhangadhi

ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको कार्यकाल असफल भएको दाबी गर्दै सोमबारदेखि आन्दोलन सुरु गर्ने बताए। उनले भने, “भदौमा भएको जेनजी आन्दोलन कुनै व्यक्तिको ब्रान्ड वा नेताको सिँढी होइन। सरकारले आन्दोलनको मर्म बोकेको छैन, नेतृत्व गर्न सक्दैन। आजको आवश्यकता सर्वपक्षीय सरकार हो, जसले सबै पक्षलाई विश्वासमा लिएर देशलाई निकास दिन सकोस्।”

Attariya Hospital

ढुंगानाले थपे, “०८४ को चुनाव ०८२ मा सार्न आन्दोलन भएको थिएन। वर्तमान सरकारले देशलाई निकास दिन सकिरहेको छैन। सुशीला किन चुनावको रट लगाउनुहुन्छ?” उनका अनुसार आन्दोलनले लोकतान्त्रिक मर्मको रक्षा गर्दै सर्वपक्षीय नेतृत्वको माग अघि बढाउनेछ।

nawajiwan