स्वास्थ्य मन्त्रालयको चेतावनी: जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र दीर्घरोगीहरू सावधान

Image
Nisarga Hospital

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र दीर्घ रोगीहरू अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको छ। मन्त्रालयका अनुसार शीतलहर, हुस्सु, कुहिरो र हिमपातका कारण रुघा, खोकी, ज्वरो, दम र शीतांग (हाइपोथर्मिया) जस्ता स्वास्थ्य जोखिम बढ्न सक्छ।

CP Hospital Dhangadhi

मन्त्रालयले धुवाँ–धुलोबाट बच्न, न्यानो लुगा लगाउन, पोषणयुक्त खाना र भिटामिन–सीयुक्त ताजा फलफूल तथा सागपात खाने, सरसफाइमा ध्यान दिने र झोल पदार्थ पर्याप्त मात्रामा सेवन गर्ने सुझाव दिएको छ।

अत्यावश्यक अवस्थामा मात्र बाहिर जाने र स्वास्थ्य समस्या देखिएमा ढिला नगरी नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ। साथै, आगो र ताप्ने उपकरण सुरक्षित स्थानमा राख्ने, ज्वलनशील सामग्री टाढा राख्ने र प्रयोगपछि निभाउने सावधानी अपनाउन भनिएको छ।

nawajiwan

मन्त्रालयले यस जाडोयाममा वायु प्रदूषण र चिसोका कारण मुटु, फोक्सो र मस्तिष्कमा असर पर्न सक्ने भन्दै दीर्घरोग र मृत्युदर बढ्ने जोखिम रहेको चेतावनी दिएको छ।