साहारा युवा क्लब सेमिफाइनलमा: विकास मल्लको ह्याट्रिकले धमाका

Image
Nisarga Hospital

धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल प्रतियोगितामा साहारा युवा क्लब पहलमानपुरले लगातार दोस्रो जीत निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ। पहिलो खेलमा हरीयाली युवा क्लब जोशीपुरलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गरेको साहाराले दोस्रो खेलमा विनिता स्मृति युवा क्लब मोहन्याललाई प्रभावशाली ९–० ले हराएको हो।

CP Hospital Dhangadhi

खेलको पहिलो हाफमा ३ गोलले अग्रता बनाएको साहाराले दोस्रो हाफमा थप ६ गोल गर्दै समग्र स्कोर ९–० बनाएको छ। साहाराका लागि विकास मल्लले ह्याट्रिक सहित कुल ५ गोल गरे र म्यान अफ दी म्याच घोषित भए। उनले खेलको पहिलो मिनेटमै गोल गर्दै ४९, ६७, ६९ र ७२ औं मिनेटमा गोल थपे। कप्तान खगेन्द्र बोहराले दुई गोल, भने लक्ष्मण कामी र गोविन्द न्यौपानेले समान एक–एक गोल गरे।

Attariya Hospital

पहिलो आधिकारिक प्रतियोगितामा सहभागी विनिता स्मृति युवा क्लब मोहन्यालले गोल गर्न सकेन। अब साहारा युवा क्लब गौरीगंगा–११ स्पोर्ट्स क्लबसँग सेमिफाइनल खेल्नेछ। पहिलो सेमिफाइनलमा संघर्ष युवा क्लब गोदावरी र बागमारा स्पोर्ट्स क्लब लम्की भिड्नेछन्।

nawajiwan

प्रतियोगिता कैलाली जिल्ला फुटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको छ। विजेताले २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन्। उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ।