धनगढीमा ट्राफिक सप्ताह तथा सडक दु!र्घटना न्युनिकरण विशेष अभियान सुरु

Image
Nisarga Hospital

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको आयोजनामा ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्युनिकरण हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारासहित ट्राफिक सप्ताह तथा सडक दुर्घटना न्युनिकरण विशेष अभियान २०८२ धनगढीमा औपचारिक रूपमा सुरु भएको छ। सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन प्रभातफेरी आयोजना गरी अभियानको उद्घाटन गरिएको हो।

CP Hospital Dhangadhi

नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, विभिन्न विद्यालयका विद्यार्थी र सरोकारवाला निकायको सहभागितामा पृथ्वीनारायण चोकदेखि धनगढी बजारसम्म बाजागाजासहित प्रभातफेरी निकालिएको थियो। प्रभातफेरीका क्रममा हुस्सु लागेका बेला फग लाइट प्रयोग गरौँ, हेल्मेट र फिता अनिवार्य बाँधौँ, मोबाइल प्रयोग नगरी सवारी चलाऔँ, जेब्रा क्रसिङ प्रयोग गरौँ, मादक पदार्थ सेवन गरी सवारी नचलाऔँ जस्ता सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।

उद्घाटन कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रेम शाहीले प्रदेश तथा जिल्लास्तरको ट्राफिक कार्यसम्पादन र आगामी योजनाबारे प्रस्तुति दिएका थिए। उनका अनुसार सुदूरपश्चिम प्रदेशमा करिब २ हजार २२ किलोमिटर कच्ची सडक र ४ हजार ४२२ किलोमिटर ग्राभेल तथा कच्ची सडक रहेका छन् भने कात्तिक मसान्तसम्म सवारी साधन दर्ता संख्या २ लाख १७ हजार २ सय ८७ पुगेको छ।

nawajiwan
Attariya Hospital

प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक ओमबहादुर राना मगरले सडक दुर्घटना न्युनिकरण सबैको साझा दायित्व भएको बताए। उनले सडक, मौसम र सवारी क्षमताअनुसार सवारी चलाउन आग्रह गर्दै जीपीएस प्रणाली जडानको सुझाव दिए।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी टेक जोराका अनुसार सप्ताहभरि चेकजाँच, विद्यालय तथा चालक लक्षित सचेतना, स्वास्थ्य जाँच, नाटक, रक्तदान र प्रतिबद्धता कार्यक्रम सञ्चालन गरिनेछ।