आजको मौसमः पश्चिमी वायुको प्रभाव, तराईमा बाक्लो तुवाँलो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Image
Nisarga Hospital

नेपालको वायुमण्डलमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा देशभर मौसममा फेरबदल देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला तराईका अधिकांश भू-भागमा बाक्लो तुवाँलो लागेको छ।

CP Hospital Dhangadhi

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने बागमती र लुम्बिनीका उच्च भू-भागमा आंशिक बादल देखिएको छ। अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ, जसले चिसो बढाएको छ। सोमबार बिहान तराईका जिल्लामा हुस्सु लाग्ने सम्भावना रहेकाले यातायात र दैनिक जनजीवन प्रभावित हुन सक्छ। उच्च हिमाली भेगमा हिमपातको सम्भावना कायमै रहेकाले पर्वतीय यात्रामा सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

nawajiwan