निर्वाचन प्रचारमा अवरोध गरे दुई लाख जरिवाना, तीन वर्षसम्म कैदको सजाय

Image
Nisarga Hospital

निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा अवरोध पुर्‍याए कडा कारबाही हुने चेतावनी दिएको छ। सङ्घीय कानुनअनुसार कुनै राजनीतिक दल वा उम्मेदवारलाई प्रचारप्रसार गर्न, उम्मेदवारी दिन वा मतदान अधिकार प्रयोग गर्नबाट रोक्ने उद्देश्यले अवरोध सिर्जना गरे दुई लाख रुपैयाँसम्म जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।

CP Hospital Dhangadhi

आयोगले प्रतिनिधिसभा निर्वाचनका गतिविधि विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ। केही स्थानमा दल तथा उम्मेदवारका कार्यक्रम बिथोलिएको गुनासो र उजुरी प्राप्त भएको उल्लेख गर्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

Attariya Hospital

निर्वाचन आचारसंहिताअनुसार जुलुस, आमसभा, कोणसभा, बैठक वा अन्य कार्यक्रम अवरुद्ध गर्न नपाइने स्पष्ट व्यवस्था छ। आयोगले आसन्न निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सबै दल, उम्मेदवार र नागरिकलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

nawajiwan