आजको मौसमः पहाडी र हिमाली भूभागमा बादल र हल्का वर्षाको सम्भावना

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिकको तल्लो चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। यसका कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित पहाडी र हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल देखिएको छ।

CP Hospital Dhangadhi

आज दिउँसो पहाडी र हिमाली भूभागमा साधारणतया बादल रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुने सम्भावना छ। तराईका केही स्थानमा बिहानको समयमा हुस्सु रहनेछ।

Attariya Hospital

आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी र हिमाली भूभागमा साधारणतया बादल रहनेछ। केही स्थानमा हल्का वर्षा र चट्याङ्गको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

nawajiwan

यो मौसमले किसान, पर्यटक र यात्रुहरूलाई सतर्क रहन आवश्यक रहेको महाशाखाले चेतावनी दिएको छ।