इन्धनमा झट्का: पेट्रोल–डिजेलमा १५ रुपैयाँ वृद्धि, अब पेट्रोल २०० रुपैयाँ लाग्ने !

Image
Nisarga Hospital

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ। नयाँ मूल्य चैत २० गते मध्यरातदेखि लागू भएको निगमले जनाएको छ। मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १८२ रुपैयाँ पुगेको छ, जुन अघिल्लो मूल्यभन्दा उल्लेखनीय वृद्धि हो।

CP Hospital Dhangadhi

पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल १९९ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल १७९ रुपैयाँ ५० पैसा पुगेको छ। त्यस्तै दोस्रो वर्गका सुर्खेत र दाङमा पेट्रोल २०१ रुपैयाँ तथा डिजेल/मट्टितेल १८१ रुपैयाँ कायम गरिएको छ।

Attariya Hospital

लगातारको मूल्यवृद्धिले उपभोक्तामा थप आर्थिक भार परेको छ। निगमका अनुसार मूल्य समायोजनपछि पनि आगामी १५ दिनमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्य उच्च रहेकाले बाध्य भएर समायोजन गर्नुपरेको निगमले जनाएको छ।

nawajiwan

Advertize US