सार्वजनिक बिदामा पनि हुलाक सेवा सञ्चालन, भन्सार र बैंक पनि खुल्ने तयारी

Image
Nisarga Hospital

सार्वजनिक बिदाका दिनसमेत विदेशमा सामान पठाउने र आयातित वस्तु छुटाउने सेवा सहज बनाइने भएको छ। डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयले पहिलेदेखि सेवा दिँदै आए पनि भन्सार र बैंक बन्द हुँदा जाँचपासमा समस्या हुँदै आएको थियो। नागरिकबाट गुनासो बढेपछि सञ्चार मन्त्रालयको पहलमा हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरी सेवा सुधार प्रक्रिया अघि बढाएको हो।

CP Hospital Dhangadhi

सञ्चारमन्त्री डा‍. विक्रम तिमिल्सिनाको निर्देशनपछि अब सार्वजनिक बिदामा पनि भन्सार जाँचपास र राजस्व भुक्तानी सहज बनाइने तयारी गरिएको छ। भन्सार विभागले आफ्नो शाखा खुला राख्ने व्यवस्था मिलाइरहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको शाखा पनि सञ्चालन गर्ने पहल भइरहेको छ।

Attariya Hospital

गत फागुनमा मात्र १९ हजारभन्दा बढी वस्तु आयात र करिब ११ हजार निर्यात भएका थिए, जसबाट २९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। नयाँ व्यवस्थाले सेवाग्राहीलाई सुविधा र राजस्व वृद्धिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

nawajiwan
Advertize US