शिक्षा मन्त्रालयको कडाइ: एउटै विद्यालयमा दोहोरो भर्ना शुल्क लिन नपाइने

Image
Nisarga Hospital

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयलाई एउटै विद्यार्थीबाट एक पटकभन्दा बढी भर्ना शुल्क लिन नपाइने स्पष्ट निर्देशन जारी गरेको छ। मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना नगर्न र कानुनविपरीत अग्रिम शुल्क असुल नगर्न सबै विद्यालयलाई कडा निर्देशन दिएको हो।

CP Hospital Dhangadhi

मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोख्रेलद्वारा हस्ताक्षरित पत्रमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत जानकारी गराउँदै देशका ७५३ वटै स्थानीय तहलाई यसको प्रभावकारी कार्यान्वयन र अनुगमन गर्न अनुरोध गरिएको छ।

हाल केही विद्यालयले शैक्षिक सत्र सुरु हुनुअगावै भर्ना गर्ने, स्वीकृत शीर्षकभन्दा बाहिर गई चर्को शुल्क असुल्ने तथा कक्षा परिवर्तन गर्दा पुनः भर्ना शुल्क लिने गरेको गुनासो बढेपछि मन्त्रालयले यो कदम चालेको हो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

मन्त्रालयले शिक्षा नियमावली २०५९ को प्रावधान उद्धृत गर्दै शैक्षिक सत्र सुरु भएपछि मात्र कानुनअनुसार भर्ना र शुल्क लिन पाइने व्यवस्था स्मरण गराएको छ। साथै सर्वोच्च अदालतको फैसलालाई समेत आधार मान्दै नियमविपरीत लिइएको अग्रिम शुल्क तत्काल सम्बन्धित अभिभावक वा विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ।

निर्देशन उल्लंघन गर्ने विद्यालयलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने र स्थानीय तहलाई आवश्यक अधिकार प्रत्यायोजन गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।

Dhnagadhi & Krishanapur