
कञ्चनपुरमा मलामी गएका एक पुरुष महाकाली नदीमा डुबेर बेपत्ता भएका छन्। मंगलबार बिहान करिब साढे ११ बजे शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प्रकाश सिंह भीमदत्त नगरपालिका–११ भुजेला घाटमा भएको मलामीमा सहभागी भएका थिए।

मलामीकै क्रममा नदी किनारमा पुगेका बेला उनी महाकाली नदीमा बगेको प्रहरीले जनाएको छ। सिंह स्थानीय ७० वर्षीया धाना भट्टको अन्त्येष्टि कार्यक्रममा सहभागी हुन गएका थिए।
घटनापछि स्थानीयले तत्कालै उद्धार प्रयास गरेका थिए भने सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ। नदीमा पानीको बहाव बढेकाले खोजी कार्यमा कठिनाइ भइरहेको बताइएको छ।

































