कुशल भुर्तेलको विस्फोटक ८४ रन, नेपाललाई यूएईमाथि ८ विकेटको शानदार जित

Image
Nisarga Hospital

नेपालले यूएईलाई ८ विकेटले पराजित गर्दै सशक्त पुनरागमन गरेको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५.५ ओभरमै मात्र २ विकेट गुमाएर सहजै भेट्टायो।

CP Hospital Dhangadhi

जितको नायक ओपनर Kushal Bhurtel रहे, जसले ५७ बलमा ८४ रनको उत्कृष्ट इनिङ खेले। उनले १२ चौका र २ छक्का प्रहार गर्दै नेपाली इनिङलाई मजबुत आधार दिए।

Attariya Hospital

अर्का ओपनर कुशल मल्लले १७ बलमा १९ रन जोडे भने कप्तान दीपेन्द्र सिंह ऐरीले १७ बलमा २३ रनको योगदान दिए। आजै अन्तर्राष्ट्रिय टी–२० डेब्यु गरेका सन्तोष यादव ४ बलमा १ रन बनाएर आउट भए।

nawajiwan

यसअघि हिजो भएको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो। तर आजको जितसँगै नेपालले सिरिजमा पुनः आत्मविश्वास फर्काएको छ।