आयोजक श्री युवा जनहित क्लब भजहर कपको फाईनलमा

Image
Nisarga Hospital

धनगढीः आयोजक श्री युवा जनहित क्लब कैलालीको कैलारी गाउँपालिकामा भईरहेको ‘छैटौँ निसर्ग हस्पिटल बर्का भजहर कप फुटबल प्रतियोगिता’ को फाईनलमा प्रवेश गरेको छ । श्री युवा जनहित क्लबको आयोजनामा वैशाख १७ गतेदेखि भईरहेको प्रतियोगिताको दोस्रो सेमिफाईनलमा जित हात पार्दै आयोजक उपाधि नजिक पुगेको हो ।

CP Hospital Dhangadhi

कैलारी गाउँपालिका वडा नम्बर ८ लोहलपुरको खेल मैदानमा भएको दोस्रो सेमिफाईनलमा आयोजक श्री युवा जनहित क्लबले भजनीको न्यु काली शक्ती युवा क्लबलाई टाईब्रेकरमा ३–१ ले हराउँदै फाईनलको यात्रा तय गरेको हो । यसअघि निर्धारित समयमा दुबै टोलीले पाँच पाँचको बराबरी खेलेका थिए । फाईनल पुगेको आयोजकलले अब उपाधिका लागि बर्दियाको नेम्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

Attariya Hospital

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, धनगढी रहेको छ भने कैलारी गाउँपालिका मुख्य प्रवद्र्धकका रूपमा रहेको छ । साथै विभिन्न संघसंस्था तथा निजी व्यावसायिक फर्महरूले समेत प्रायोजन तथा प्रवद्र्धनमा सहयोग गरेका छन् ।

nawajiwan

थारु समुदायको लोप हुँदै गएको मौलिक लोक पर्व तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भजहर पर्वको अवसरमा हरेक वर्ष प्रतियोगिता आयोजना गरिँदै आएको छ । फुटबल प्रतियोगितासँगै थारु समुदायका परम्परागत खेलहरू पनि सञ्चालन गरिएछन् ।