त्रि-प्रणालीको प्रभाव: देशैभर बदली, कोशी र बागमतीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital
नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्र गरी तीनवटा मौसमी प्रणालीको संयुक्त प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असरले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको स्थिति सिर्जना भएको छ।

हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ। बाँकी क्षेत्रमा भने आंशिक बादल लागेको छ। अहिले कोशी र बागमतीका केही स्थान तथा लुम्बिनी र गण्डकीका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी लगायत पहाडी क्षेत्रमा मौसम साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ्सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। मधेस र लुम्बिनीका तराई क्षेत्रमा पनि एक-दुई स्थानमा वर्षा हुन सक्नेछ। रातको समयमा कोशी र मधेसका थोरै स्थान तथा बागमती, गण्डकी र कर्णालीको हिमाली भूभागमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
CP Hospital Dhangadhi