इशान किशनको धमाकेदार इनिङ : चेन्नाईलाई ५ विकेटले हराउँदै हैदरावादको रोमाञ्चक जित

Image
Nisarga Hospital

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादले चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै रोमाञ्चक जित दर्ता गरेको छ। चेन्नाईको घरेलु मैदानमा भएको खेलमा हैदरावादले १ ओभर बाँकी छँदै १८१ रनको लक्ष्य पूरा गरेको हो।

CP Hospital Dhangadhi

पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो। टोलीका ब्याटरहरूले सुरुवात राम्रो गरे पनि अन्त्यमा ठूलो साझेदारी गर्न सकेनन्। हैदरावादका कप्तान प्याट कमिन्सले किफायती बलिङ गर्दै चेन्नाईलाई ठूलो स्कोरतर्फ जानबाट रोके।

Attariya Hospital

१८१ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादका ओपनर इशान किशनले उत्कृष्ट प्रदर्शन गरे। उनले ४७ बलमा ७० रनको महत्वपूर्ण इनिङ खेल्दै जितको आधार तय गरे। उनको यो प्रदर्शन खेलको ‘प्लेयर अफ द म्याच’ समेत बन्यो। यो जितसँगै सनराइजर्स हैदरावाद तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने चेन्नाई छैटौँ स्थानमा झरेको छ।

nawajiwan