बेरोजगार युवा युवतीलाई रोजगारीको अबसरः इजरायलमा २,३०० केयरगिभर माग, मासिक करिब ३.४७ लाख तलब सुविधा

Image
Nisarga Hospital

वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर (सहायक कामदार) पदका लागि २ हजार ३ सय नेपाली श्रमिक माग गरिएको जनाएको छ। नेपाल–इजरायल श्रम सम्झौताअनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न आवेदन खुला गरिएको हो।

CP Hospital Dhangadhi

विभागका अनुसार मागमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषका लागि कोटा निर्धारण गरिएको छ। छनोट भएका श्रमिकले मासिक करिब ६ हजार ४ सय ४३.८५ इजरायली सेकेल (झन्डै ३ लाख ४७ हजार रुपैयाँ) तलब पाउनेछन्। साथै ओभरटाइम, वार्षिक बिदा, खाना तथा बसोबास सुविधा समेत उपलब्ध हुनेछ।

Attariya Hospital

आवेदकको उमेर २५ देखि ४५ वर्ष हुनुपर्ने, न्यूनतम १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल पुगेको हुनुपर्ने तथा सम्बन्धित क्षेत्रमा अनुभव वा तालिम आवश्यक रहने विभागले जनाएको छ। आवेदन अनलाइनमार्फत २०८३ असार १७ गते बेलुका ५ बजेसम्म दिन सकिनेछ।

nawajiwan

छनोट प्रक्रिया गोलाप्रथाबाट हुनेछ। प्रारम्भिक छनोटपछि नामावली इजरायली पक्षलाई पठाइनेछ र अन्तिम छनोटपछि मात्र रोजगारी प्रक्रिया अघि बढाइनेछ। स्वास्थ्य परीक्षण, बीमा, तालिम तथा अन्य खर्च श्रमिकले व्यहोर्नुपर्ने विभागले स्पष्ट पारेको छ।