आज देखि लगातार ४ दिन देशभर सार्वजनिक बिदा, सोमबारदेखि मात्रै सरकारी सेवा खुल्ने

Image
Nisarga Hospital

देशभर आज बिहीबारदेखि लगातार चार दिन सार्वजनिक बिदा सुरु भएको छ। गृह मन्त्रालयको निर्णय तथा पूर्वनिर्धारित सार्वजनिक बिदा तालिकाअनुसार आगामी आइतबारसम्म सरकारी कार्यालय, विद्यालय तथा सार्वजनिक निकायहरू बन्द रहने भएका छन्। यस अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै प्रशासनिक कामकाज प्रभावित हुनेछन्।

CP Hospital Dhangadhi

आज जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इद–उल–अज्हा) परेकाले सरकारले देशभर सार्वजनिक बिदा दिएको हो। यो पर्वलाई मुस्लिम समुदायले विशेष धार्मिक उत्सवका रूपमा मनाउने गर्छन्।

Attariya Hospital

त्यसैगरी, भोलि जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा पनि सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ। यस दिन देशभर विभिन्न कार्यक्रम तथा औपचारिक समारोहहरू आयोजना हुने गर्छन्।

nawajiwan

यस्तै, जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार नियमित साप्ताहिक बिदा परेको छ। यसरी लगातार चार दिन बिदा परेकाले सरकारी सेवा अब सोमबारदेखि मात्र नियमित रूपमा सञ्चालन हुनेछन्। आम नागरिकलाई आवश्यक सेवा व्यवस्थापनमा ध्यान दिन आग्रह गरिएको छ।