
काठमाडौँ ः गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले ३५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेका छन्। सरुवाअन्तर्गत काठमाडौं र ललितपुरमा समेत नयाँ जिम्मेवारी तोकिएको हो।

सूचीअनुसार ललितपुरमा तुलबहादुर कार्की र काठमाडौंमा दिलिप घिमिरेलाई एसएसपीको जिम्मेवारी दिइएको छ। सरुवासँगै सुरक्षा निकायमा नयाँ व्यवस्थापन र कार्यसम्पादन सुधार हुने अपेक्षा गरिएको छ।


































