मोदी–लामिछाने भेट : नेपाल–भारत सहकार्य र समृद्धिमा जोड

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारत सम्बन्ध, साझा हित तथा दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

भेटपछि प्रधानमन्त्री मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको उल्लेख गरेका छन्। उनले सभापति लामिछानेसँगको भेटप्रति खुसी व्यक्त गर्दै नेपालसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।

भारत भ्रमणमा रहेका लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा भव्य स्वागत गरिएको थियो। स्वागत कार्यक्रममा भाजपाका अध्यक्ष नितिन नवीन सहभागी थिए।

यसअघि मंगलबार सभापति लामिछानेले भारतीय विदेशमन्त्री एस. जयशंकर तथा गृहमन्त्री अमित शाह सँग पनि भेटवार्ता गरेका थिए।

भाजपाको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ १८ गते भारत प्रस्थान गरेको थियो। प्रतिनिधिमण्डलमा निकिता पौडेल, विपीनकुमार आचार्य, दीपक बोहरा तथा प्रदीप आचार्य सहभागी छन्।