चार मन्त्रालयसँग कानून सुधार छलफल, समयानुकूल विधेयक निर्माणमा जोड

Image
Nisarga Hospital

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले समयअनुकूल, प्रभावकारी र कार्यान्वयनयोग्य कानून निर्माण गर्न सम्बन्धित मन्त्रालयहरूलाई स्पष्ट कार्ययोजना बनाउन आग्रह गरेकी छिन्। बुधबार मन्त्रालयस्तरीय छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग आगामी विधेयक तयारीबारे विस्तृत छलफल भएको हो।

CP Hospital Dhangadhi

छलफलमा विज्ञान मन्त्री महावीर पुन, गृह मन्त्री सुधन गुरुङ, ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ तथा अर्थ मन्त्रालयका सचिवसहित उच्च अधिकारीहरूको सहभागिता थियो। मन्त्री गौतमले प्राथमिकताका आधारमा विधेयक सूची तयार गरी समयमै पठाउन निर्देशन दिँदै नीति र लक्ष्यलाई व्यवहारमा रूपान्तरण गर्ने आधार कानून नै भएको स्पष्ट पारिन्।

Attariya Hospital

विज्ञान मन्त्री पुनले मन्त्रालय नीति तथा अवधारणा विकास चरणमा रहेको बताउँदै सरोकारवालासँग छलफल जारी रहेको जानकारी दिए। गृह मन्त्री गुरुङले पुराना कानूनका कारण देखिएका चुनौती समाधान गर्न दीर्घकालीन सुधार आवश्यक रहेको उल्लेख गरे। ऊर्जा मन्त्री श्रेष्ठले कानून निर्माणसँगै यसको प्रभावकारी कार्यान्वयन र परिणाममा ध्यान दिनुपर्नेमा जोड दिए।

nawajiwan

अर्थ मन्त्रालयका प्रतिनिधिले आवश्यक सुझाव छिट्टै उपलब्ध गराउने प्रतिबद्धता जनाए। मन्त्री गौतमले सरकारको सय बुँदे कार्ययोजना अनुसार सेवा प्रवाह सुधार र आगामी विधेयक सूची असार मसान्तभित्र तयार गर्न निर्देशन दिँदै अन्तरमन्त्रालय समन्वयलाई तीव्र बनाएकी छिन्।