प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी

Image
Nisarga Hospital

गृहमन्त्री सुधन गुरुङले प्रहरीको पोशाक खरिद प्रक्रिया परिवर्तन गर्ने तयारी गरिएको बताएका छन्। मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा बोल्दै उनले पोशाक खरिदमा हुने टेन्डर विवाद र अनियमितता रोक्न नयाँ प्रणाली ल्याउने संकेत गरेका हुन्।

CP Hospital Dhangadhi

मन्त्री गुरुङका अनुसार हाल पोशाक खरिदमा बारम्बार समस्या र विवाद उत्पन्न हुने गरेको छ। यसलाई अन्त्य गर्न अब पोशाकका लागि छुट्याइने रकम सिधै प्रहरीलाई उपलब्ध गराउने र उनीहरूले आफैं आवश्यक पोशाक खरिद गर्ने व्यवस्था गर्ने तयारी भइरहेको छ।

‘प्रहरीको पोशाक टेन्डर प्रक्रियामा धेरै इस्यू आउने गरेको सुनिन्छ। जति रकम पोशाकमा खर्च हुन्छ, त्यो रकम प्रहरीलाई नै दिने र आफैं खरिद गर्ने सोच बनाएका छौं,’ उनले बताए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash

सरकारको यो प्रस्ताव लागू भएमा पोशाक खरिदमा पारदर्शिता बढ्ने र ढिलासुस्ती तथा अनियमितता घट्ने अपेक्षा गरिएको छ।

Dhnagadhi & Krishanapur