देशभर मनसुनी प्रभाव सक्रिय, केही प्रदेशमा वर्षा र तातो लहरको सम्भावना

Image
Nisarga Hospital

हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भूभागमा मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशभर आंशिकदेखि साधारणतया बादल लागेको अवस्था देखिएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी भूभागहरूमा अधिकांश स्थानमा बादल लाग्नेछ। कोशी प्रदेशको तराई क्षेत्रमा पनि बादल रहने सम्भावना छ। मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमको तराईमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकीका हिमाली–पहाडी क्षेत्रमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी भूभागमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। त्यस्तै कोशी तराई तथा मधेस, बागमती र गण्डकीका केही तराई क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

nawajiwan
Attariya Hospital

लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको असर देखिन सक्ने तथा बागमती र गण्डकीका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बादल लाग्नेछ। केही स्थानमा चट्याङ्गसहित वर्षा पनि हुन सक्ने अनुमान छ। तराई क्षेत्रमा भने कतिपय स्थानमा बादल र केही स्थानमा हल्का वर्षा सम्भावना रहेको छ।