अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा

Image
Nisarga Hospital

साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। मियामी स्टेडियममा आज बिहान भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले केप भर्डेलाई अतिरिक्त समयमा ३–२ गोलले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो।

CP Hospital Dhangadhi

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले २९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले बराबरी गोल फर्काए।

Attariya Hospital

अतिरिक्त समयको ९२औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। त्यसको ११ मिनेटपछि सिड्नी काब्रालले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। अन्ततः १११औँ मिनेटमा केप भर्डेका डाइनी बोर्जेसबाट भएको आत्मघाती गोल अर्जेन्टिनाको जितको आधार बन्यो। यस जितसँगै अर्जेन्टिना अन्तिम १६ मा पुगेको छ, जहाँ उसले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।

nawajiwan