देशभर मनसुन सक्रिय, सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

देशभर मनसुनी वायु सक्रिय रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ।

CP Hospital Dhangadhi

हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पहाडी र हिमाली भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र मधेसका केही तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ।

Attariya Hospital

आज राति पनि देशभर बदली कायम रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभाग तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। तराईका केही क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा शहरी डुबान हुन सक्ने स्थानमा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

nawajiwan