गणेश नेपालीको मृत्युले फेरि उठायो राज्यको जिम्मेवारीमाथि प्रश्न, सरकारको भूमिकामाथि चौतर्फी बहस

Image
Nisarga Hospital

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारकै क्रममा शुक्रबार वीर अस्पतालको बर्न आइसियुमा मृत्यु भएपछि देशभर गहिरो शोकसँगै राज्यको जिम्मेवारीबारे तीव्र बहस सुरु भएको छ। काठमाडौँ महानगर प्रहरीसँग ‘ह्वील लक’ सम्बन्धी विवादपछि उनले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। करिब ५५ प्रतिशत शरीर जलेको अवस्थामा उद्धार गरिएका नेपालीलाई बचाउन चिकित्सकले प्रयास गरे पनि सफल हुन सकेनन्।

CP Hospital Dhangadhi

घटनापछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रैबाट सरकारको कार्यशैलीमाथि प्रश्न उठेको छ। सांसद समीक्षा बास्कोटाले प्रेम आचार्य र गणेश नेपालीको घटनालाई जोड्दै राज्यले नागरिकको पीडा सुन्न नसकेको टिप्पणी गरेकी छन्। सांसद गणेश कार्कीले आत्महत्याका घटनालाई सामान्यीकरण नगरी कारण खोजेर रोकथामलाई राज्यको पहिलो प्राथमिकता बनाउनुपर्ने बताएका छन्।

Attariya Hospital

केन्द्रीय सदस्य हिमेश पन्तले यस्तो निर्णय समाज, राजनीति र राज्यको सामूहिक असफलताको परिणाम भएको उल्लेख गर्दै कानुनभन्दा अघि मानवीयता आवश्यक रहेको बताएका छन्। सांसद रञ्जु दर्शनाले उपचार खर्च व्यहोर्ने घोषणामै सीमित नभई नागरिकलाई यस्तो अवस्थासम्म पुर्‍याउने कारणको निष्पक्ष छानबिन गरी सामाजिक–आर्थिक समस्याको समाधान खोज्न सरकारलाई आग्रह गरेकी छन्।

nawajiwan

प्रेम आचार्यको आत्मदाहपछि उठेका प्रश्न फेरि दोहोरिँदा सरकार, स्थानीय प्रशासन र सम्बन्धित निकायको जवाफदेहिता तथा नागरिकप्रतिको संवेदनशीलतामाथि नयाँ बहस चुलिएको छ।