ऋणको मोटरसाइकल, संघर्षमय जीवन र अधुरो सपना: गणेश नेपालीको दुःखद अन्त्य

Image
Nisarga Hospital

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ। परिवार पाल्न ऋण लिएर किनेको मोटरसाइकल नै उनको जीविकोपार्जनको आधार थियो। राइड सेयरिङ चलाएर गुजारा गर्दै आएका गणेशको जीवन अन्ततः त्यही संघर्षबीच टुंगियो।

CP Hospital Dhangadhi

गरिबी र बाँझो जमिनका कारण करिब १५–१६ वर्षअघि परिवारले मुगु छाडेर हुम्ला र काठमाडौंतर्फ बसाइँ सरेको थियो। गाउँमा खेतीबाट जीविका चल्न नसकेपछि आमाबुबा अधियाँ खेतीमा लागे भने गणेश र उनका दाजुभाइ रोजगारीको खोजीमा राजधानी पुगेका थिए।

Attariya Hospital

कृषितर्फ जेटीए अध्ययन गरेका गणेशको गाउँमै कृषि प्राविधिक बनेर सेवा गर्ने सपना थियो। तर आर्थिक अभावले उनलाई फरक बाटो रोज्न बाध्य बनायो। अहिले उनका वृद्ध आमाबुबा, श्रीमती, सानी छोरी र परिवार शोकमा डुबेका छन्। संघर्ष, सपना र जिम्मेवारी बोकेर काठमाडौंका सडकमा गुड्ने गणेश अब कहिल्यै फर्किने छैनन्।

nawajiwan