बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको उपचारकै क्रममा निधन

Image
Nisarga Hospital

काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ। उपचारमा संलग्न डाक्टर पियुष दाहालका अनुसार गम्भीर रूपमा घाइते भएका राउतको उपचारकै क्रममा ज्यान गएको हो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार छोरासँग भएको विवादपछि राउतले आइतबार बिहान घरको भान्सामा गएर आफ्नै शरीरमा आगो लगाएका थिए। घटनापछि उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो।

Attariya Hospital

अस्पतालका अनुसार राउतको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। गम्भीर अवस्थामा उपचार भइरहे पनि चिकित्सकहरूको प्रयास सफल हुन सकेन।

nawajiwan

पछिल्ला केही दिनयता आत्मदाहका घटनाले सार्वजनिक चासो बढाइरहेका बेला यो अर्को दुःखद घटना बनेको छ। यसअघि त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका गणेश नेपालीको पनि उपचारकै क्रममा निधन भएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।