साताको मध्यमा देशभर भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन मौसम विभागको आग्रह

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभागले आगामी साताभर देशभर मनसुनी प्रणाली सक्रिय रहने र विशेषगरी साताको मध्यतिर धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा माथि रहने तथा पूर्वी क्षेत्रमा पनि साताको मध्यदेखि तराई नजिक सर्ने भएकाले वर्षाको गतिविधि अझ तीव्र बन्ने अनुमान गरिएको छ।

CP Hospital Dhangadhi

मौसमविद् विनु महर्जनका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साताभर मध्यम वर्षा हुने सम्भावना छ भने साताको मध्यमा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी जिल्लामा पनि वर्षा सक्रिय रहने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Attariya Hospital

तराई क्षेत्रमा पनि साताभर वर्षा जारी रहने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस तथा सुदूरपश्चिमका तराईका विभिन्न स्थानमा साताको मध्यतिर भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

nawajiwan

विभागले नदीनाला आसपासका बस्ती, पहिरोको जोखिम भएका क्षेत्र र सहरी डुबान हुने स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, यात्रा गर्दा, खेतीपातीका काम र नदीजन्य गतिविधिमा विशेष सावधानी अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचनालाई निरन्तर पछ्याउन पनि अनुरोध गरेको छ।

# ट्रेण्डिङ