मलेसियामाथि नेपालको शानदार जित, आसिफको शतकमा ९ विकेटको विजयी

Image
Nisarga Hospital

एसीसी प्रिमियर कपको तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपालले मलेसियालाई डकवर्थ लुइस पद्धतिमा ९ विकेटले पराजित गरेको छ। ओपनर आसिफ शेखको आक्रामक शतक र अर्जुन कुमालको अर्धशतकसँगै पहिलो विकेटमा भएको २२० रनको शानदार साझेदारीले नेपाललाई सहज जित दिलाएको हो।

CP Hospital Dhangadhi

टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ४८.२ ओभरमा २३२ रनमा अलआउट भयो। उसका लागि मुहम्मद रामलीले ६१, सैफुल्लाह मलिकले ४५ र साइद अजिजले ४० रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए। करण केसीले २ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए।

Attariya Hospital

वर्षाका कारण नेपालले ४८ ओभरमा २२८ रनको संशोधित लक्ष्य पाएको थियो। नेपालले उक्त लक्ष्य २८ ओभरमै १ विकेट गुमाएर पूरा गर्‍यो। आसिफले ८५ बलमा १२ छक्का र १२ चौकासहित १६१ रनको विस्फोटक पारी खेले। अर्जुनले ८२ बलमा ७ चौकासहित अविजित ६१ रन बनाए।

nawajiwan

प्रिमियर कपमा नेपाल र मलेसिया समूह ‘ए’मा छन्। समूहमा बहराइन, हङकङ र साउदी अरेबिया पनि छन्। नेपालले सोमबार बहराइनसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ।