गोरखामा पहिरो, बूढीगण्डकी थुनिएको हल्ला गलत

Image
Nisarga Hospital

गोरखाको चुमनुव्री गाउँपालिका–छेकम्पार क्षेत्रमा ठूलो पहिरो गए पनि बूढीगण्डकी नदी थुनिएको भन्ने हल्ला गलत भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार करिब ३,५०० मिटर उचाइमा रहेको छेकम्पार क्षेत्रमा पहिरो गएको पुष्टि भए पनि मुख्य बूढीगण्डकी नदी थुनिएको छैन।

CP Hospital Dhangadhi

पहिरोबाट भएको क्षति र अवस्थाबारे थप जानकारी संकलन गर्ने काम भइरहेको प्रशासनले जनाएको छ। छेकम्पारको चौरीखर्कपारि ठूलो पहिरो गएर चुम क्षेत्रबाट बग्ने बूढीगण्डकी थुनिएको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलिएपछि प्रशासनले त्यसको खण्डन गरेको हो।

Attariya Hospital

यता, चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरोका कारण बूढीगण्डकीको सहायक नदी स्यार खोला केही समयका लागि थुनिएको जानकारी दिए। उनका अनुसार छेकम्पारस्थित चौरीखर्क क्षेत्रमा गएको पहिरोले स्यार खोलाको बहाव अवरुद्ध भए पनि अहिले पानी पुनः बग्न थालेको छ।

nawajiwan