समयमै हेलिकप्टर नपाउँदा बाजुराको बिकट बस्तीकी सुत्केरीको मृत्यु

Image
Nisarga Hospital

बाजुरा: समयमा हेलिकप्टर नआउँदा बाजुरामा १ सुत्केरीको मृत्यु भएको छ। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा एक जना २३ वर्षिया सुत्केरी महिलाको मृत्यु भएको छ। हुम्लाको ताँजाकोट गाउँपालिका वडा नं ५ डोप्क निवासी अन्सु बुढाको उपचारका क्रममा हिजो राति १० वजे तिर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

CP Hospital Dhangadhi

गत १२ गते ताजाँकोट गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिलता देखिए पछि परीवारले थप उपचारका लागि मदना स्वास्थ्य संस्थामा लगेका थिए । सुत्केरी भएको ११ दिन पछि वुढाको स्वास्थ्यमा श्वासप्रश्वास सम्वन्धि समस्या देखिए पछि थप उपचारका लागि स्वास्थ्य संस्था लगिएको ससुरा जीत बहादुर वुढाले बताए ।

Attariya Hospital

उनले सुत्केरी भए देखिको वुहारी र नातिनिको अवस्था ठिक भए पनि एक्कासि वुहारीले ज्वरो आएको र टाउको दुख्यो भने पछि उपचारका लागि स्वास्थ्य संस्था लगिएको बताए । सुत्केरी अवस्थामै समस्या देखिए पछि स्वास्थ्य केन्द्र पुगेकि वुढाको उपचार सम्भव नहुने भन्दै स्वास्थ्य केन्द्रले सुविधा सम्पन्न ठाउँमा लिन रेफर गरेको थियो । तर सुविधा सम्पन्न ठाउँमा लिन नसके पछि थप उपचारका लागि उनलाई कोल्टी पुर्याईएको ससुरा जीत बहादुरले बताए ।

nawajiwan

सोमवार दिउसो स्वास्थ्य केन्द्र कोल्टी पुर्याए पनि उपचारका क्रममा वुढाको राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिका डाक्टर रन्जीत शाहले बताए । सुत्केरी अवस्थामा अक्सिजनको मात्रा कम हुदा मृत्यु भएको डक्टर शाहले बताए ।डाक्टर शाहले सुत्केरी अवस्थामा सामान्य तया अक्सिजनको मात्रा ९५ भन्दा माथि हुनु् पर्ने भए पनि कोल्टी पुग्दा सुत्केरी वुढाको ४९ मात्रै रहेको बताए । सुत्केरी भएको ६ हप्ता सम्म स्याहार गर्नु पर्ने भए पनि उनको स्याहार सुसारमा पनि कमि देखिएको बताए । त्यस्तै समयमा हवाई उद्धार नभएको र उपचारका लागि सुविधा सम्पन्न ठाउँमा लिन नसक्दा सुत्केरी वुढाको अकालमा ज्यान गएको स्वास्थ्यकर्मी बताउछन ।