कञ्चनपुरबाट नगदसहित ५ जुवाडे पक्राउ

Image
Nisarga Hospital

कञ्चनपुर : कञ्चनपुरबाट नगदसहित ५ जुवाडे पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–४ स्थित सहारा होटलबाट जुवातास खेलिरहेको अबस्थामा बैतडीको दशरथचन्द नगरपालिका–११ स्थायी घर भएका सोही होटल संचालक ३७ वर्षीय गणेशसिह बुडालसहित पाँच जना मंगलवार पक्राउ परेका हुन्।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त होटेलमा चेकजाँच गर्दा जुवातास खेलिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

उनिहरुलाई नगद ४८ हजार २ सय ६० र १ गड्डी ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur