सुदूरपश्चिमका लागि नरेन भट्टले शतक प्रहार गरे पनि जितका लागि पर्याप्त भएन, मधेश प्रदेश सँग ८० रनले पराजित

Image
Nisarga Hospital

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत दुई शतक बनेको खेलमा सुदुरपश्चिममाथि मधेस प्रदेशले ८० रनको जित हात पारेको छ।  सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा मधेसले दिएको ३२० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४४.५ ओभरमा २३९ रनमा अलआउट भयो।

CP Hospital Dhangadhi

सुदूरपश्चिमका लागि नरेन भट्टले शतक प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले १२१ रन जोड्ने क्रममा १२२ बलमा १३ चौका र १ छक्का प्रहार गरे। सुदूरका अरु ब्याटर चल्न सकेनन्। बलिङमा मधेसका प्रदीप पासवान र राजेश यावदले ३-३ विकेट लिए।

त्यसअघि मयन यादवले शतक प्रहार गरेपछि मधेसले ९ विकेटको क्षतिमा ३१९ रन जोड्यो।  मयनले ११५ रन बनाए। राष्ट्रिय प्रतियोगितामा पहिलो शतक प्रहार गर्ने क्रममा उनले १२८ बलमा ८ चौका २ छक्का प्रहार गरे।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

जारी प्रधानमन्त्री कपमा सात शतक प्रहार भइसकेको छ। यसअघि बागमतीका आशुतोष घिरोइया,  कोशीका सुजन थपलिया, त्रिभुवन आर्मीका विनोद भण्डारी, नेपाल एपिएफका सन्दीप जोरा र नेपाल पुलिसका रशिद खानले शतक प्रहार गरेका थिए।

मयनले शतक प्रहार गर्नुअघि मधेसका ओपनिङ ब्याटर अनिल साहले ६९ रन जोडे। पवन सर्राफले ७० रन बनाउदा मधेस विशाल स्कोरतर्फ अघि बढेको थियो। बलिङमा सुदूरपश्चिमका शेर मल्लले ४ विकेट लिए। उनले १० ओभरमा ६५ रन खर्चिए। विकास अग्रीले २ विकेट लिँदा नारायण जोशी र गजेन्द्र बोहराले १-१ विकेट लिए।

जितसँगै मधेसले शीर्ष स्थानको नेपाल पुलिस क्लबसँग अंक बराबरी गरेको छ। शीर्ष स्थानको पुलिस, दोस्रो स्थानको बागमती र तेस्रो स्थानको मधेसको समान ८-८ अंक छ। सुदूरपश्चिम ६ अंक जोड्दै चौथो स्थानमा छ।

Dhnagadhi & Krishanapur