इडिसीको नयाँ कार्यसमितिद्वारा सरोकारवालासँग परिचयात्मक कार्यक्रम सम्पन्न, अभ्यासको तारिफ

Image
Nisarga Hospital

डोटी: गएको पुस २७ गते सम्पन्न सम विकास केन्द्र (इडिसी) नेपाल डोटीको २६ औं साधारणसभा तथा अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिले विहिबार जिल्लाका सरोकारवालासँग परिचयात्मक तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । सरोकारवालासँग परिचय गर्दै समन्वय बढाउने र रचनात्मक सुझाव संकलन गर्ने उद्धेश्यले इडिसीले औपचारिक रुपमैै कार्यक्रम आयोजना गरेपछि राम्रो अभ्यासको शुरुवात गरेको भन्दै सरोकारवालाहरुले तारिफ गरेका छन् ।

CP Hospital Dhangadhi

कार्यक्रमका प्रमूख अतिथी एवं जिल्ला समन्वय समिति डोटीका प्रमूख लक्ष्मण बहादुर सिंहले इडिसीको नयाँ कार्यसमितिले औपचारिक कार्यक्रम आयोजना गरेर परिचयात्मक कार्यक्रम गरेकोमा राम्रो अभ्यास गरेकाले धन्यवाद ज्ञापन गरे । उनले भने–‘अरु संघसँस्थाको साधारण सभा र अधिवेशन भएपछि क–कसले के–के जिम्मेवारी पाए त ? भनेर खोज्नुपर्छ, इडिसिले आफै परिचयात्मक कार्यक्रम आयोजना गरेको छ, राम्रो अभ्यास गरेकोमा धन्यवाद छ ।
जिसस प्रमूख सिंहले इडिसीले निरन्तर समन्वय गर्दै काम गरिरहेकाले आफु पनि इडिसीको सदस्य जस्तै लाग्ने गरेको अनुभव सुनाए । स्थापनाकालदेखि निरन्तर सामाजिक अभियानमा काम गरिरहेको बारे आफुलाई थोरबहुत जानकारी रहेको, वर्तमान समयमा १९ जना जनशक्तिलाई प्रत्यक्ष रोजगार दिइरहेको र जिल्लाभरी नै कार्य क्षेत्र बिस्तार गर्न सके अझै राम्रो हुने शुभेच्छा सहित नयाँ कार्यसमितिलाई बधाइ र शुभकामना दिए ।

त्यस्तै जिल्ला समन्वय समिति उपप्रमूख स्मृति चुनाराले वर्गिय उत्थानका लागि इडिसीले डोटी जिल्लामा खेलेको भूमिकाको प्रसंशा गर्दै आगामी दिनमा नयाँ कार्यसमितिले सबैसँग प्रभावकारी समन्वय गर्दै अगाडी बढ्न शुभेच्छा प्रकट गरिन् ।

nawajiwan

कार्यक्रममा बोल्दै डोटीका प्रमूख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले अबको काम भनेको आर्थिक शशक्तिकरण भएकाले इडिसीले पनि यसैमा काम गर्न जोड दिनुपर्ने बताए ।

Attariya Hospital

कार्यक्रमका अध्यक्ष एवं इडिसीका अध्यक्ष केशव परियारले वि.सं. २०५३ सालमा सिमित युवाहरुले स्थापना गरेको इडिसीले अहिलेसम्म मानव अधिकार, जातिय छुवाछुत, सामाजिक न्याय, समावेशिता, समानता, लैङ्गिक विभेदको अन्त्य, भौतिक पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा, जीविकोपार्जन, क्षमता विकास, गरिबी न्यूनिकरण लगाएत विभिन्न क्षेत्रमा काम गरिरहेको अनुभव सुनाए । साथै सँस्थालाई अगाडी बढाउन इडिसीको टिमले सर्वपक्षीय सहयोगको अपेक्षा लिएको बताए ।

इडिसीले आगामी दिनमा गरिबी न्यूनिकरणलाई प्राथमिकतामा राखेर काम गर्ने सँस्थाका कार्यकारी निर्देशक महेश परियारले बताए ।

दिपायल सिलगढी नगरपालिकाको हलमा आयोजित कार्यक्रममा विभिन्न जनप्रतिनिधी, सरकारी कर्मचारी, गैरसरकारी संस्था, सञ्चारकर्मीहरु र सँस्थाका कार्यसमिति एवं कर्मचारीहरुको सहभागिता रहेको थियो ।
डोटी जिल्लामा क्रियाशिल गैरसरकारी सँस्थालइडिसी नेपालको दिपायल सिलगढी नगरपालिका ५ सिलगढीमा आफ्नै कार्यालय भवन पनि रहेको छ ।