नयाँ ट्र्रयाक खोल्ने काम सकिएसँगै महाकाली करिडोरअन्तर्गत कञ्चनपुर र डडेलधुरा जोडियो

Image
Nisarga Hospital

रासस: ट्र्रयाक खोल्ने काम सकिएसँगै महाकाली करिडोरअन्तर्गत कञ्चनपुर र डडेलधुरा जोडिएका छन । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेलधुराको परशुराम नगरपालिकाको जोगबुडासम्म ट्र्रयाक खुलेको छ । कञ्चनपुरमा पर्ने ११ किलोमिटर सडकको ट्र्याक गत महिना सकिएको हो।

CP Hospital Dhangadhi

सडकमा पर्ने रूख कटानीको आदेश तथा बजेट अभावले ढिलो गरी काम भएको हो । डडेलधुरातर्फ कञ्चनपुरको सिमानादेखि जोगबुडासम्म २७ किमि ट्र्याक यसअघि नै खुलिसकेको थियो । ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म ३ सय ३४ किमि करिडोर सडकको ट्र्याक खोल्ने काम महाकाली करिडोर सडक योजनाले गरिरहेको छ । हालसम्म २ सय ४२ किमि ट्र्याक खुलेको छ ।

डडेलधुरामा ३१, बैतडीमा ३४ र दार्चुलामा २७ गरी अझै ९२ किमि ट्र्र्याक खोल्न बाँकी छ । तुसारपानीदेखि टिंकरसम्म ७९ किमि ट्र्याक खोल्ने काम सेनाले गरिरहेको छ ।‘सडकमा पर्ने रूख कटानीको आदेश ढिलो आएका कारण ट्र्र्याक खोल्ने काममा ढिलाइ भएको हो,’ महाकाली करिडोर सडक योजनाका प्रमुख लक्ष्मण जोशीले भने, ‘ट्र्र्याक खोल्ने ठेक्का सम्झौता भएको २० महिनापछि कटानी आदेश आयो ।’ कात्तिक मंसिरमा मात्रै रूख कटानीको आदेश आएको हो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

अहिले पनि रूख काटनका लागि दुई÷तीन महिनाको मात्रै समयावधि छ । तर सडकमा पर्ने हजारौं रूख दुई÷तीन महिनामा काट्न नसकिने जोशी बताउँछन् ।‘डिभिजन वन कार्यालयहरूले रूख काट्ने समय नबढाएमा र बजेट थप नभएका फेरि काम रोकिन्छ,’ योजना प्रमुख जोशीले भने, ‘बजेट थप नभए अर्को महिनादेखि काम रोकिन्छ ।’ उनका अनुसार अब डडेलधुराका सिमलतालदेखि भागेश्वर गाउँपालिका हुँदै सुर्नयासम्म, बैतडीको शिवनाथ र पञ्चेश्वर क्षेत्र तथा दार्चुलाको लेकम र मालिकार्जुन गाउँपालिका क्षेत्रमा ट्र्याक खोल्न बाँकी छ ।

योजनाले ६ वटा प्याकेजमा गरी डडेलधुरा र दार्चुलामा ३७ किमिमा सडक कालोपत्रको काम गरिरहेको छ । डडेलधुराको परशुराम नगरपालिकाको साँदनी क्षेत्रमा चालु आर्थिक वर्षभित्रै काम सक्ने गरी तीन वटा प्याकेजमा ५ किमि सडक कालोपत्रको काम भइरहेको छ । दार्चुलामा महाकाली नगरपालिका क्षेत्रमा १२ किमि र खलंगादेखि उत्तरतर्फ तुसारपानी खण्डमा १०÷१० किमि गरी दुई प्याकेजमा सडक कालोपत्रको काम भइरहेको छ ।

चालु आर्थिक वर्षमा योजनाका लागि २९ करोड ६५ लाख मात्रै बजेट आएको थियो । योजनाले थप २५ करोड बजेट माग गरेको छ । बजेट थप हुन नसके काम रोकिने अवस्था आउने जोशी बताउँछन् । यसैगरी १ अर्ब १८ करोडको योजनासहित स्रोत सुनिश्चितताका लागि पनि विभागमा फाइल पठाइएको उनको भनाइ छ । उक्त फाइल स्वीकृत भए करिडोरअन्तर्गत कञ्चनपुरमा गड्डाचौकीदेखि ब्रह्मदेवसम्म १० किमि सडक थप गरेर स्तरोन्नतिसँगै अन्य क्षेत्रमा सडक स्तरोन्नतिको काम गरिने उनले जनाए ।

‘नियमित रूपमा काम अगाडि बढे ०८२ असारसम्म सबै ट्र्याक खोल्ने काम सक्ने लक्ष्य छ,’ जोशीले भने, ‘त्यहीअनुसार ट्र्याक खोल्ने र स्तरोन्नतिको काम सँगै भइरहेको छ ।’ आर्थिक वर्ष ०६५र६६ मा दार्चुला–टिंकर सडक योजनाका रूपमा काम सुरु भएको उक्त सडकलाई ०७७र७८ देखि महाकाली करिडोर नामकरण गरी ब्रह्मदेवदेखि टिंकरसम्मै निर्माणको काम सुरु गरिएको हो ।यसअन्तर्गत कञ्चनपुरमा ११, डडेलधुरामा ५८, बैतडीमा १ सय ४४ र दार्चुलामा २ सय सेनाले काम गरिरहेकोसहित गरी जम्मा ४ सय १३ किमि सडक निर्माण गरिनेछ । महाकाली करिडोर निर्माण भए कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली किनारैकिनार छोटो दूरीमा यात्रा गर्न सकिनेछ । यसले महाकाली किनारका बस्तीहरूलाई पनि सडक सञ्जालमा जोड्नेछ ।रासस

Dhnagadhi & Krishanapur