सुदूरका हेमन्त धामीलाई तिमि विश्वकप खेल्न सक्दैनौ भने पछि धुरधुरु रुनुको विकल्प भएन

Image
Nisarga Hospital

विश्वकप खेल्ने हरेक खेलाडीको सपना हुन्छ । तर सपना पूरा गर्ने अवसर निकै कम खेलाडीले पाउँछन् । नेपाल जस्ता एशोसिएट टोलीका खेलाडीलाई त विश्वलाई आफ्नो प्रदर्शन देखाउने सबैभन्दा राम्रो अवसर नै विश्वकप हो । गत वर्ष फागुनमा नेपाल यू- १९ विश्वकपमा छनोट भएपछि हेमन्त धामीले पनि कडा मिहिनेत गर्दै आएका थिए । नेपाली तीव्र गतिका बलरमा भविष्य मानिएका उनी इनस्वींग, गति र वाउन्स विश्वमै देखाउन चाहन्थे ।

CP Hospital Dhangadhi

तर १७ पुसमा माथिल्लो मूलपानी क्रिकेट मैदानमा सिनियर टोलीसँग भएको अभ्यास खेलका क्रममा उनी घाइते भए । अभ्यास खेलमा सातौं ओभरको चौथो बलमा हेमन्तको लेन्थको बललाई सोमपाल कामीले स्ट्रेट ड्राइभ सटमार्फत लङअफतर्फ खेल्न खोजेका थिए । त्यही बल रोक्न खोज्ने क्रममा उनको बायाँ खुट्टाको तीघ्रामा लाग्यो । बलले लागे लगत्तै हेमन्त मैदानमा लडे । उनलाई उठ्नै केही समय लाग्यो ।

बल्लतल्ल मैदान बाहिर निस्किए । चोट लागेको खुट्टा चलाउन निकै गाह्रो भएको थियो । यू-१९ का मुख्य प्रशिक्षक जगत टमाटाले उनलाई अस्पताल गएर जाँच गर्न सुझाए । उनी गंगा डाइग्नोष्टिक सेन्टर गए । ‘मसल टियर भएको छ’ भनेकाले विश्वकपमा के होला भन्ने डर लाग्यो । नभन्दै २० पुसमा दक्षिण अफ्रिका उड्नु अघिल्लो दिन मुख्य प्रशिक्षक टमाटाले बोलाएर भने, ‘तिम्रो शल्यक्रिया गर्नुपर्छ होला, विश्वकप खेल्न सक्दैनौं ।’

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

त्यही एक बलको चोटले विश्वकप सपना चकनाचुर पारेपछि हेमन्तले आफूलाई सम्हाल्न सकेनन् । आँखाबाट बरर आँसु झारे । ‘गुरुले तिमी विश्वकप खेल्न सक्दैनौं भनेपछि नराम्रो लाग्यो । आँसु आयो । धेरै समय रोएँ,’ त्यो दिन सम्झदै हेमन्तले भने ।

विश्वकप छनोटका हिरो

दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ अन्तर्गत नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा यात्रा बनायो । नेपालका प्रमुख बलर हेमन्त मैदानमा होइन, स्वदेशमा बसेर विश्वकप हेरे । टिमलाई विश्वकपमा पुर्‍याएर पनि अन्तिम समय आफू बाहिर रहनु पर्दाको पीडा हेमन्तले महसुस गरिरहेका छन् ।

पछिल्लो डेढ वर्षदेखि सानदार प्रदर्शन गर्दै आएका हेमन्त नेपाललाई विश्वकपमा पुर्‍याउन छनोट खेलका हिरो हुन् । गत वर्ष विश्वकपमा पुग्न निर्णायक खेलमा नेपालले दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको यूएई ४२.२ ओभरमा १५३/४ को अवस्थामा थियो । एथान डि सोल्झा ५० रन बनाएर खेलिरहेका थिए । अर्को बलमा हेमन्तले एथानलाई बोल्ड आउट गरे ।

त्यो विकेट लिएपछि हेमन्तले हातले भुईंमा हान्दै गरेको सेलेब्रेसन हेर्नलायक थियो । उनी त्यही सेलेब्रेसन विश्वलाई देखाउन चाहन्थे । तर, चोट बाधक बन्यो । पछिल्ला दिनमा त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा रियाब गर्दै आएका उनी विश्वकपको कुरा गर्‍यो कि भावुक भइहाल्छन् । उनका आँखा कतिबेला रसाउँछ, पत्तै हुँदैन ।

‘अन्तिम समयमा आएर त्यस्तो हुँदा दुःख त लागि नै हाल्छ, विश्वकपमा सबैको सपना हुन्छ । मेरो सपना पूरा हुन सकेन,’ उनले भने, ‘टिमले राम्रो गर्दा अली खुसी लागेको छ । म त्यो ठाउँमा भएको भए झनै राम्रो हुन्थ्यो ।’ दक्षिण अफ्रिकाको कन्डिसन तीव्र गतिका बलरलाई राम्रो थियो । त्यसैले विश्वकपमा एकदमै राम्रो गर्छु भन्ने आशा पनि थियो । तर चोटका कारण उनी जान पाएनन् ।

अझ नेपालले सुरुवाती दुई खेलमा न्यूजिल्यान्ड र पाकिस्तानसँग पावर प्लेमा विकेट लिन नसक्दा हेमन्त झनै निराश भए । आफू भएको भए टिमलाई सहज हुन्थ्यो भन्न लाग्यो । ‘त्यो पावर प्लेभित्र म भएको भए दुईरतीन विकेट टिमलाई लिन्थे जस्तो लाग्छ,’ हेमन्तले अनलाइनखबरसँग भने, ‘अन्तिम खेलमा आकाशले जुन बलिङ गर्‍यो, त्यसमा म खुसी छु ।’अफगानिस्तानलाई १४५ रनमा अलआउट गर्न आकाश चन्दले पाँच विकेट लिएका थिए ।

आकाश र हेमन्त नेपालका पहिलो रोजाइका खेलाडी हुन् । दुवैले सन् २०२२ मा सुदूरपश्चिमबाट यू-१९ राष्ट्रिय प्रतियोगिता पनि सँगै खेल्दै राम्रो प्रदर्शन गरेका थिए । नेपालको य-१९ टोलीबाट पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए । ‘आकाशले राम्रो गर्दा एकदमै खुसी लागेको छ । किनभने हामीसँगै खेलेका हौं । रुम पार्टनर पनि हौं,’ हेमन्तले भने, ‘अफगानिस्तानलाई हराउँदा मैले पनि खेल हेरेर बसेको थिएँ । त्यो ठाउँमा म भएको भए झन् खुसी हुन्थें । मलाई त्यो टिमको माहोल र एकता भएर बस्ने कुरा मिस भइरहेको छ ।’

मैदान फर्किने चाहना

पछिल्ला तीन/ चार दिन यता हेमन्तले नेटमा लगातार अभ्यास गर्दै आएका छन् । सोमबार फिजियो लोकेन्द्र कुँवरले लिएको शारीरिक परीक्षामा उनी पास भएका थिए । हेमन्त अब पूर्ण फिट छन् । उनले जारी प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा सुदूरपश्चिमबाट खेल्न खोजेका पनि थिए । तर केही खेल मात्र बाँकी रहेकाले उनले खेल्ने छैनन् ।

दक्षिण अफ्रिकामा तीव्र गतिका बलर दुर्गेश गुप्ताको खुट्टाको एंकलमा चोट लागेको छ । दुर्गेशले सुपर सिक्समा बंगलादेश र भारतसँग खेल गुमाउने देखिन्छ । यदि टोलीले चाहेको खण्डमा उनी त्यसतर्फ जाँदै विश्वकप खेल्ने सपना पूरा गर्न सक्छन् । अन्यथा उनी ‘नेपाल ए’बाट क्यानडाविरुद्ध फेब्रुअरी दोस्रो साता मैदान फर्किने सम्भावना रहन्छ । अनलाईनखबरबाट

Dhnagadhi & Krishanapur