प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले पराजित

Image
Nisarga Hospital

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले हराएको छ । जारी प्रतियोगितामा हालसम्म एक खेल पनि नहारी पुलिस क्लब फाइनलमा पुगेको हो ।

CP Hospital Dhangadhi

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको पुलिस क्लबले ४७.५ ओभरमा अलआउट हुनुअघि एक सय ९८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले भने ३७.१ ओभरमा अलआउट हुनुअघि एक सय २० रनमात्र बनाउन सक्यो ।

खराब मौसमका कारण निर्धारित समयभन्दा केही ढिलो सुरु भएकाले खेल ४९–४९ ओभरमा झारिएको थियो । सुदूरपश्चिम प्रदेशका चार ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । ओपनर गजेन्द्र बोहराले ३० रन बनाए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका किरण ठगुन्नाले २४ रन जोडे । नरेश साउद २४ रनमा अविजित रहे । विकास अग्रीले टोलीको खातामा १३ रन थपे । पुलिस क्लबका बलर दीपेन्द्रसिंह ऐरी एक्लैले सात विकेट लिए । उनले १० ओभरमा चार मेडन राख्दै केवल २० रन खर्चिए ।

दीपेन्द्र जारी प्रतियोगिताको एउटै खेलमा सर्वाधिक विकेट लिने बलर पनि बनेका छन् । यसअघि सातजना बलरले एउटै खेलमा ६ विकेट लिएका छन् । ललित भण्डारी, ललित राजवंशी र सागर ढकालले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि दुबै ओपनर ब्याट्सम्यानलाई सस्तैमा गुमाएको पुलिस क्लबका लागि शंकर राणाले ४६ रनको योगदान गरेका थिए । उनले ५२ बलको सामना गरी एक छक्का र ६ चौका पनि हिर्काए । कप्तान दीपेन्द्रसिंह ऐरीले पनि टोलीका लागि ४४ रनको योगदान गरे ।

आक्रामक रुपमा प्रस्तुत भएका दीपेन्द्रले ३८ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काएका थिए । अर्जुन साउदले पनि टोलीको खातामा ३२ रन थपे । उनले लामो समय क्रिजमा टिकेर ६४ बलको सामना गरी चार चौका हिर्काए ।

आरिफ शेखले २६ रन बनाए । उनले ३५ बलमा तीन चौका हिर्काए । पुलिस क्लबका ओपनर ब्याट्सम्यान दिलिप नाथ ६ र कुशल भुर्तेल पाँच रन बनाउँदै आउट भएका थिए । रासिद खान पनि सात रन बनाउँदै पेभेलियन फर्किए । करण केसी चार रनमा आउट भए ।

ललित राजवंशीले एक रन बनाए । सागर ढकालले आठ रनमा अविजित रहे । ललित भण्डारीले सात रन जोडे । पुलिस क्लबले अतिरिक्त रुपमा १२ रन पायो । सुदूरपश्चिम प्रदेशका बलर शेर मल्लले तीन विकेट लिए । मिलन बोहरा, विकास अग्री र नारायण जोशीले दुई–दुई विकेट लिए । दीपक चन्दले पनि एक विकेट हात पारे ।

Dhnagadhi & Krishanapur