क्यानाडासँगको सिरिज र आईसीसी विश्वकप लिग–२ का लागि नेपाली क्रिकेट टिमको घोषणा

Image
Nisarga Hospital

नेपाल क्रिकेट संघ क्यानले क्यानाडाविरुद्धको सिरिज र विश्वकप लिग २ खेल्ने खेलाडीको सूची जारी गरेको छ । आइतबार सामाजिक सञ्जालमार्फत् क्यानले खेलाडीको सूची सार्वजनिक गरेको छ ।

यसअनुसार क्यानाडाविरुद्धको सिरिजका लागि कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल साह परेका छन् । नेपालले आगामी फेब्रुअरी ८ देखि १२ सम्म क्यानाडाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

त्यसैगरी, विश्वकप लिग २ मा रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल छन् ।

CP Hospital Dhangadhi
Dhnagadhi & Krishanapur