एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी मलेसिया

Image
Nisarga Hospital

नेपाली टोली मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बुधवार खेलिएको क्वार्टरफाइनल खेलमा कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

CP Hospital Dhangadhi

नेपालले सेमिफाइनलमा मलेसियाको सामना गर्नेछ । मलेसिया भने बुधवार नै खेलिएको अर्को क्वार्टरफाइनल खेलमा जापानलाई १६ रनले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७३ रन बनाएको थियो । त्यसपछि वर्षाका कारणले नेपालले १२ ओभरमा ५० रन बनाउनुपर्ने नयाँ लक्ष्य पाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ६.५ ओभरमै केवल दुई विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित २२ रन बनाइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी उनले २१ बलको सामना गरी एक चौका पनि हिर्काइन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

चौथो नम्बरकी ब्याट्र कविता जोशी चार रनमा अविजित रहिन् । उनले एक बलमा एक चौका प्रहार गरिन् । ओपनर सीता रानामगरले १७ रन बनाइन् । उनले १५ बलको सामना गरी दुई चौका पनि हिर्काएकी थिइन् । अर्की ओपनर कविता कुँवर एक रन बनाउँदै रन आउट भएकी थिइन् । नेपालले अतिरिक्त रूपमा पनि पाँच रन पाएको थियो । कुवेतकी बलर मारयम ओमरले एक विकेट लिइन् । सीता रानामगर प्लेयर अफ दी म्याच घोषित भइन् ।

त्यसअघि कुवेतले पालीको राम्रो सुरुआत गरेको थियो । तर, नेपाली बलर सीता रानामगरले ह्याट्रिक विकेट लिएपछि कुवेत धराशायी बन्न पुगेको थियो । सीताले १२.२ ओभरमा प्रियादा मुरालीको विकेट लिएकी थिइन् ।

Dhnagadhi & Krishanapur