आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

Image
Nisarga Hospital

आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज पाहुना टोली नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र नामिबियाबिचको खेल बिहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुरु हुनेछ । खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ राेजेको छ ।

CP Hospital Dhangadhi

नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ (२०२३–२०२७) को सुरुवात गर्न लागेको हो । नामिबिया यो साइकलको डेब्युटेन्ट टोली पनि हो । नेपालले यो त्रिदेशीय शृङ्खलामा कुल चार खेल खेल्नेछ । पहिलो खेलमा बिहीबार नामिबियासँग खेल्नेछ भने दोस्रो खेल आगामी फेब्रुअरी १७ मा खेल्ने तालिका छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यी दुवै खेलमा नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी हुने छैनन् । उनी व्यावसायिक क्रिकेट लिग खेल्न संयुक्त अरब इमिरेट्स (युएई) मा छन् ।

Dhnagadhi & Krishanapur