आइतबारदेखि क्यानडाविरुद्ध नेपाल ‘ए’ टिमले तीन खेल खेल्दै

Image
Nisarga Hospital

नेपालमा पहिलो पटक घोषणा भएको नेपाल ‘ए’ले आइतबारदेखि क्यानडाविरुद्ध तीन खेल खेल्दैछ। यी सबै खेल मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछन्। नेपाल ए टिमको कप्तान विनोद भण्डारी हुन भने मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पहिलो खेल आइतबार अर्थात् फागुन ६ गते हुनेछ। थप दुई खेल फागुन ८ र १० गते हुने क्यानले जनाएको छ।

CP Hospital Dhangadhi

क्यानले नेपाल ए टिममा अधिकांश युवा खेलाडीलाई स्थान दिएको छ। ज्ञानेन्द्र मल्ल र कमल अलीलाई प्रशिक्षकको जिम्मेवारी तोकिएको छ। यो टिममा प्रधानमन्त्री कप क्रिकेट र यू-१९ विश्वकप क्रिकेट खेलेर खाएका अधिकांश खेलाडीलाई समेटिएको छ।

राष्ट्रिय टिम व्यस्त हुँदै गएपछि त्यसको ब्याकअपका रुपमा क्यानले नेपाल ‘ए’ घोषणा गरेको हो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

नेपाल ‘ए’ टिम
विनोद भण्डारी (कप्तान), प्रतिश जी.सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मयन यादव, सुजन थपलिया।

Dhnagadhi & Krishanapur