
नेपाल ए टिमले क्यानडा-११ विरुद्धको सिरिज अन्तर्गत आज दोस्रो खेल खेल्दै छ। मूलपानी मैदानमा बिहान साढे ९ बजे खेल सुरु हुनेछ। नेपालले टस जितेको छ र बलिङ गर्ने निर्णय गरेको छ।

आजको खेलमा कप्तान विनोद भण्डारी प्लेइङ ११ मा अटाएनन्। आजको खेलमा सन्दीप जोराले कप्तानी गर्नेछन्। भण्डारीको कप्तानीमा भएको सिरिजको पहिलो खेलमा नेपालले चार विकेटको हार बेहोरेको थियो। उक्त खेलमा धेरै मिसफिल्ड गरेको थियो।




शाहब आलमले क्यानडाको दुई विकेट लिएका थिए। प्रधानमन्त्री कप र क्यानडाविरुद्धको सिरिजले नेपाली क्रिकेट टोलीमा परिवर्तन र प्रतिस्पर्धाको लहर सुरु भएको छ।
राष्ट्रिय टिमबाट नखेलेका मयन यादव, अर्जुन कुमाल, किरण ठगुन्नाले पहिलो खेल खेलेका थिए। राष्ट्रिय टोलीमा पुग्ने मुख्य बाटो भएका कारण यो सिरिज नेपाली टिम निर्माणको मुख्य आधार हो। थाहाखबर बाट


































