
क्यानडा-११ विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालको ‘ए’ क्रिकेट टिमले जित हात पारेको छ।

माथिल्लो मुलपानी मैदानमा आज भएको दोस्रो खेलमा नेपालले क्यानडालाई २ विकेटले पराजित गर्यो। नेपालको जितसँगै सिरिजमा १-१ को बराबरी भएको छ। यसअघि पहिलो खेलमा क्यानडा विजयी भएको थियो। अब बिहीबार तेस्रो तथा निर्णायक खेल हुनेछ।
आज क्यानडाले दिएको २४१ रनको लक्ष्य नेपालले पाँच बल खेल्न बाँकी छदा ८ विकेट गुमाएर पूरा गर्यो।




बलिङमा नेपालका शाहव आलमले ३, शेर मल्ल र रशिद खानले २/२, बसिर अहमद र सागर ढकालले १.१ विकेट लिए भने क्यानडाका श्रेयास मोभाले सर्वाधिक ६८ रन जोडे। नवनित धलिवलले ४६, सृमन्थ विजयरत्नेले ४१ र आरोन जोन्सनले ३६ रनको योगदान दिएका थिए।
एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ पराजित क्यानडासँग ४ विकेटले पराजित भएको थियो।



































