
नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिवियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने तीनै टोली पराजित भएका थिए । आज विकेट पनि परिवर्तन भएको छ । आज दोस्रो विकेटमा खेल भएको छ । जहाँ ब्याटिङ सहयोगी मानिन्छ ।
नामिबियाले टस जितेर फिल्डिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।




खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। गुल्सन झाको स्थानमा करण केसीले आजको खेल्दैछन्।



































